|
|
| शेर्पाको थर र 'मेरप्' |
(खेन्पो ङावङ्ग ओशेर लामाको- शेर्पा हरुको इतिहंस् र सांस्कृतिबाट साभार्)
मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु
नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ । त्यसैले
थरको सिर्जना भएको बुझिन्छ ।
मौखिक कथन अनुसार उहिले शर्ेपाहरूका जनसंख्या दिनप्रतिदिन बढ्दै गएकोले त्यसको
समाधान गर्न बुद्धिजीवी शर्ेपाहरू एकान्तमा भेला भई सरसल्लाह गरे । शेर्पाको
परम्परागत थर -कुल, गोत्र) नभई हुँदैन, एक आपमा समान थरवाला आफन्तहरूसँग विवाह
गर्नु पनि मिल्दैन । त्यसैले सबैलाई मान्ने हुने खालको एउटा थर जसरी पनि बनाउनु
पर्छ भन्ने कुरामा सहमत भए । त्यसै अवस्थामा एक जनाले पहाडको माथिबाट डोङ
-उग्रयाग) लखेटेर ल्याउँदा डोङको सिङ समात्ने जतिलाई "सेरप" डोङको
जीउ -भुडि) समात्नेलाई "गर्जा" डोङको हात समात्नेलाई "सलग"
डोङको खुट्टा समात्नेलाई च्यावा र डोङको पुच्छर समात्नेलाई "ङोनपा"
भनि विभिन्न पाँच थरीका थरहरू बनाई नामकरण गरे । त्यस मध्ये "ङोनपा"
चाहिँ सबै भन्दा सानु भथर गरी तल राखे । तत्पश्चात् समान भएको सजातिहरू एक
आपस्तमा कुटुम्ब लगाउन नमिल्ने व्यवस्था गरे । पाँच थरीका थरहरू र्सवप्रथम
भएको मूल कारण त्यस्तो हो होइन बुझन नसके पनि थर मान्ने चाल चलन भने आजसम्म
चलिरहेको छ भनी समाजमा प्रचलित मौखिक भनाई उधृतगरी बोद् ज्योङ श्यिब ज्युग
-१९८३) ले जनाएको छ ।
थरको समस्या लिएर अर्को एउटा मौखिक कथन अनुसार उहिले शर्ेपाहरू एक ठाउँमा
जम्मा हुँदा यटी मार्नु परेको र यटीको विभिन्न अंग उपअंगहरू समात्नेहरूः "मिञाग
ढुङ सुम थिम च्हागसेरसुम" भन्ने शर्ेपाको थर सिर्जना भएको कुरा छ । उपर्युक्त
मौखिक कथनहरू यही नै हो भनी निश्चित भन्न नसके पनि त्यसमा कुनै सत्यता नभएको
चाहिँ होइन । परापर्ूवकालदेखि त्यस्तो घटनाहरू नै अविछिन्न रूपमा एक अर्काेमा
सञ्चार भई आएको सन्देश -कहावत) भएकोले त्यसमा सत्यताको केही अंश अवश्य हुन्छ
नै,
शेर्पाका थरहरु
शेर्पाहरुको इतिहासको बारेमा स्वदेशी तथा बिदेशी अनुसन्धान कर्ताहरुले थुप्रै
लेख र पुस्तकहरु लेखेको पाईन्छ । शेर्पाहरुको उत्पति कहाँ र कहिले भएकोहो
भन्ने बारेमा कुनै प्रमाणीत इतिहास नभेट्टाइएता पनि यिनीहरु पूर्वी तिब्बतको
खाम क्षेत्रबाट क्रमस: बसाँई सर्दै हिमाल पार गरि क्षमूलोङमा हिमालको काखको
भुभाग खुम्बुमा आई बसेको र बिस्तारै बिस्तारै क्रमश: फरक र स्योरोङ तिर बसाँई
सरेको तथ्यमा भने एकमत देखीन्छ । ऐतीहासीक कालक्रमबाट हेर्दा कुनै अनुसन्धानकर्ता
ले मिङ्याग समुहका शेर्पाहरु दशौँशदी तिरनै हिमाल्वारी छिरिसकेको बर्णन गरेकाछन्
। शेर्पाहरुको बिभीन्न थर वा परिवारका हाल सम्ममा उपलब्द हुन सकेका बंसावलि
(मेरव) अनुसार सुरुमा चार थरका शेर्पाहरु खुम्बु क्षेत्रमा प्रवेश भएको देखीन्छ
। ति थरहरु हुन १) मिङ्याग्पा, २) शेर्पा लामा, ३) थिमी, र ४) चग्पा (च्यावा)
इत्यादि ।
मेरव (शेर्पाहरुको बंसावली)- शेर्पाहरुको लिखीत ईतिहास नभएतापनि तिब्बतीलिपी
(क्षयीग) मा लेखिएका बिभीन्न थरका शेर्पा परिवारहरुका बंशावलीलाई आधार मानी
शेर्पा जातीको बारेमा अनुसन्धान गरिएको देखीन्छ । शेर्पाहरुमा मेरव लेख्नने
चलन कहिले र कसरी भएकोहो भन्ने थाह नभएता पनि शेर्पाहरुको बिहेको मन्डपमा
बिबाहको प्रकृया स्वरुप दुलहा र दुलही दुवैको बंशावलीको बर्णन गरि यिनीहरु
आपसमा नाता पर्दैनन र बिबाहगर्न योग्य छ भनि घोषणा गर्ने (मोला गर्ने)प्रचलन
भएकोले पनि कसैकसैले आफनो बंशावली (मेरब) लेखी राखने गरिएको देखीन्छ ।
१) मिङ्याग्पा को मेरब
गर्जा, ग्वाले, शिरे, फिनासा,ठकतोवा, पाँकर्मा र युलखोङमा हरु मि ङ्यग गे
ग्यल्पो का सन्तानहरु हुन ।
१-गर्जा
< मिङ्यक गे ग्यल्पोका ३ छोराहरु मध्ये जेठाछोरा वाङथरे भिक्षु भएकोले
उन्को सन्तान भएन । माईलाछोरा गेरेवा थुर्वाको एक छोरा मि क्षेन्पो डोक्पा
र निजको पनि एउटै छोरा मि क्षेन्पो दुकतारे बाट फैलिएका सन्तानहरु गर्जा कहलिएका
हुन ।
२-ग्वाले
मिङ्यक गे ग्यल्पोको कान्छाछोरा दोङ ङेमा गोन्पो, निजको एकलो छोरा मिवङ टक्षेन्पो,मिवङ
टक्षेन्पोको
२ छोराहरुमा जेठा छोरा मिक्षेन्पो मेमे गोन्पो दोर्जी र कान्छाछोरा मियाङ
तेन्पा दुजङ भए ।मि क्षेन्पो मेमे गोन्पो दोर्जीको ३ छोराहरुको नाम क्रमश
युला छेरिङ, युला पाल्देन र डल्हा दर्पो हुन। डल्हा दर्पो बाट फैलिएका सन्तानहरु
ग्वालेहरु हुन ।
३-सिरे
मिवङ टक्षेन्पो को २ छोराहरुमा मेमे गोन्पो दोर्जीका सन्तानहरु ग्वाले भए
भने निजको भाई मिङ्यक तेन्पा दुजङको ३ छोराहरु क्रमश जुङोदेन, जुङ्जुङ र जुसुम
मध्ये माईला जुङजुङ का सन्तानहरु सिरे कहलिएका हुन।
४-पाँकर्मा
मिङ्यक तेन्पा दुजङको ज्येठा छोरा जुङोदेन को २ छोराहरुमा ङ्येलेक जाङ्पो
रजुङमेन मध्ये ङ्येलेक जङपोको ३ छोराहरु सोनाम, रिच्युङ र सङपेल छेतेन मध्ये
माईला रिच्युङ बाट फैलिएका सन्तानहरुलाई पाँकर्मा भन्न थालेकाहुन ।
५-ठाकतोवा
मिङ्यक गे ग्यल्पो का माईला छोरा गरेवा थुर्वा, निजको छोरा मिक्षेन्पो डोक्पा,
निजको पनि एक्लो छोरा मिक्षेन्पो दुकतारे, दुकतारेको छोरा युला छेरिङ, युला
छेरिङको छोरा मेमे डोदेन, मेमे डोदेनको २ छोराहरु मेमे रीग्जीन र क्षोदार
। मेमे रीग्जीन को ३ छोराहरु क्रमस सोनाम नोर्बु, पेम्बा छेरिङ र च्योतेम्पा,
यिनीहरु मध्ये सोनाम् नोर्बुको एकलो छोरा उर्केन थोन्डुप । उर्केन थोन्डुपको
उर्केनफुर्वा र पेम्बानोर्बु नामको २ छोरा मध्ये उर्केन फुर्वाको पनि पसङ
थोन्डुप र दावा तेम्बा नामको २ छोराहरु भए जस्मा कान्छा छोरा दावातेम्बाको
सन्तानहरु ठाकतोवा कहलाईए।
६-युल्खोङमा
मिङ्यक गे ग्यल्पोको कान्छा छोरा दोङ ङिमागोन्पो र निजको छोरामिवङ् टक्षेन्पो,
मिवङ टक्षेन्पोको २ छोराहरुमा कान्छा छोरामिङ्यक तेन्पादुजम र निजको ३ छोराहरु
मध्ये ज्येठा जुङ्गोदेन, जुङ्गोदेनको २ छोराहरु ङेलेक जङपो र जुगमेन मध्ये
जेठा ङ्येलेक जाङपो का ३ छोराहरु क्रमस सोनाम, रिच्युङ र साङफेल छेतेन । साङ्फेल
छेतेनको ४ छोराहरु क्रमस पालुङ, रन्जम, टोलेक र नाक्पो, यिनीहरु मध्ये कान्छा
नाक्पोको ३ छोराहरु दोला, सोनाम र ङोडुप भए । माइला सोनामका २ छोराहरु गदेन
र रितर भए । गदेनका २ छोराहरु टशि र सङ्दर भए । सङदरको छोरा उर्दङ र उर्दङको
३ छोराहरु क्रमस कुन्जङ ठिले,पेन्चेजा र करफिन्जो । जेठा कुन्जङ ठिलेको ४
छोराहरु क्रमस कुन्जङ तेम्बा, छेवङ नोर्बु, सुङटशि र तेन्फुर्वा मध्ये तेन्फुर्वाको
पेम्बा नोर्बु र दावागेली नामको २ छोराहरु भए । कान्छा दावागेलिको ३ छोराहरु
क्रमस उर्केन, कुन्जङ र कर्मा साङ्गे भए । त्यसमा माईला कुन्जङका सन्तानहरु
युल्खोङमा कलिएका हुन।
७-फिनासा
मिङ्यक गे ग्यल्पोको कान्छा छोरा दोङ ङिमागोन्पो र निजको छोरामिवङ टक्षेन्पो,
मिवङ टक्षेन्पोको कान्छा छोरा मिङ्यक तेम्पादुज्जम, तेम्पा दुज्जमको ज्येठा
छोरा जुङ्गोदेन, जुङ्गोदेनको ज्येठा छोरा ङ्येलेक जाङ्पो, ङ्येलेक जाङपोको
ज्येठा छोरा सोनाम र सोनामको २ छोराहरु मध्येज्येठा फोदा, फोदाका ४ छोराहरु
मध्येज्येठा रेन्दुप र रेन्दुपको ३ छोराहरु मध्ये माईला चिसङ, चिसङको २ छोराहरु
मध्ये ज्येठा ल्हछिप र निजको पनि ३ छोराहरुमध्ये ज्येठा छेपाल, छेपालको ३
छोराहरु मध्ये सेङ तेन्जिन, सेङ तेन्जिनको २ छोरा मध्ये जेठा पोन्छोपेलको
३ छोराहरु मध्ये ज्येठा कुन्जङ पोन्छोपेल र निजको छोरा सोनाम्पा, सोनाम्पाको
४ छोराहरु मध्ये साँइला छोराझिगु को पनि ४ छोराहरु मध्ये साँईला छोरा तेन्जिङ
फुतर, निजको २ छोराहरुमा उजे दावा नोर्बु र दावा तेन्जिन भए। उजे दावा नोर्बुका
सन्तानहरु फिनासा कहलिएका हुन।
२) शेर्पा लामा को मेरब
शेर्पालामाको उपलब्द बंशावली अध्ययन गर्दा ङ्याङ ङिमावोशेर देखी फाप्लु का
साँगेलामा र जुन्बेशीका कर्मा थुन्डुप लामा (दाज्यु भाई)सम्मको एकोहोरो पुस्ताकोमात्र
बर्णन पाईन्छ ।
लामाहरुको पुर्खा यब छुक्ल्हा ग्यल्पोको पच्चीसौँ पुस्तासम्म खाम ङदक र तिब्बतमा
रहेको र छबिसौँ पुस्ताका दोर्जी फग्छे इस्वीसन चौधौँ शताब्दीको अन्ततिर परिवार
सहीत नङपा ला (महालङ्गुर हिमालय) पारगरि खुम्बुमा प्रवेश गरेको बर्णन पाईन्छ
। त्यस्तै तेतीसौँ पुस्ताका सन्तान कर्मा दम्क्षो र उन्का चार छोराहरु सत्रौँ
शताब्दीको सुरुतिर खुम्बु बाट सोलु (स्योरुङ) मा बसाई सरेको देखीन्छ । सोलु
(स्योरोङ) का अन्य शेर्पा लामाहरु छुक्ल्हा ग्यल्पोको तेतीसौँ पुस्ताका कर्मा
दम्क्षोका अन्य तीन छोराहरु क्रमस: १) ज्यमयाङ दोर्जी, २)तेन्जिङ वाङ्पो,
३) दोर्जी जिगटाल बाट फैलिएका हुन भन्ने उल्लेख भएको पाईन्छ । कस्को सन्तान
को भन्ने कुरा ति परिवारहरु ले लेखि राखेका बंशावली बाट मात्र थाह पाउन सकीन्छ
।
१- यब छुकल्हा ग्यल्पो र युम पल्मोछुनको एक छोरा १) ग्येसर ग्यल्पो ।
२- यब ग्येसर ग्यल्पोको छोरा १) सेर्धुन ल्ह ठकपो ।
३ - सेर्धुन ल्ह ठकपो को छोरा १) ङ्याङ ङिमा वोशेर
४ - ङ्याङ ङिमा वोशेर ईस्वीसन (११२४-११९२) का दुई छोराहरु १) सेर्लाचेन र
२) युरालचेन
५ - सेर्लाचेनका ४ छोराहरु १) वोल्गोङ तोङदासेर, २)डोगोन ङेर्पासेर, ३) ठोकर
चेन्पोसेर र ४) देक्षुङ सेर ।
६ - वोल्गोङ तोङदासेर को ३ छोराहरु १) ठोपाल,२) दोपरेल र ३)ठिथोरिमो ।
७- ठोपाल कोछोरा १) युतान किल्वो ।
८- युतान किल्वो को छोरा १) गोलसलुगु ।
९- गोलसलुगु को छोरा १) युग्त्यान तिउ ।
१०- युग्त्यान तिउ को छोरा १) लामीलु ।
११- लामीलु को २ छोराहरु १) दोर्जी छुल्टीम र २) दोर्जी ग्याल्छेन ।
१२-दोर्जी ग्याल्छेन को एक छोरा १) रीन्छेन ग्याल्छेन ।
१३-रीन्छेन ग्याल्छेन को एक छोरा १) दोर्जी ग्याल्जेन ।
१४-दोर्जी ग्याल्जेनको एक छोरा १) लाङतोङ् रिमु ।
१५-लाङतोङ रिमुको एक छोरा १) ठाते खोङतुन ।
१६- ठाते खोङतुन को एक छोरा १) तरया खोङ ।
१७- तर्या खोङ को दुई छोराहरु १) लेर्मा र २) कीर्मा ।
१८- लेर्मा को तीन छोराहरु १) चङजङ सुपोछे, २)चाङ्ये सुपोछे र ३) तागु फेन्लेग।
१९-चङजङ सुपोछे को दुई छोराहरु १) दोर्जि जाङबु र २)रिन्छेन जाङबु ।
२०- रिन्छेन जाङबुको दुई छोराहरु १)ङेनडुग र २) दोरजी ।
२१-दोर्जी को एक छोरा १) मिछेन ग्यल्वा दोर्जी ।
२२- मिछेन ग्यल्वा दोर्जीको एक छोरा १) लुङमा ।
२३- लुङमा को एक छोरा १) सेरप दोर्जी ।
२४- सेरप दोर्जी को एक छोरा १) सेरप दुङ ग्याल ।
२५- सेरप दुङग्याल का तीन छोराहरु १) नक्चुङ, २)किमा र ३) फग्छे
सेरप दुङग्याल आफ्ना परिवार सहीत इस्वीसन चौधौँ शताब्दीको अन्ततिर खुम्बुमा
आएको बर्णन छ ।
२६- फग्छे को एक छोरा १) दोर्जी जाङबु ।
२७- दोर्जी जाङबु को एक छोरा १) दोरजी ग्याल्जेन ।
२८- दोर्जी ग्याल्जेन को दुई छोराहरु १) छेदक दोर्जी र २)रिग्जीन दोर्जी ।
२९- रिगजीन दोर्जीको तीन छोराहरु १) सिन्दोर्जी, २) डुक्पा र ३) तेनजीन ।
३०- सिन्दोर्जीको दुई छोराहरु १) दोर्जी ग्याल्जेन र २) खेन्पा दोर्जी ।
३१- दोर्जी ग्याल्जेन (मुल्दोर्जी) को दुई छोराहरु १) सङ्गे ग्यछो र २) ग्याल्दो
।
३२- सङ्गे ग्यछो को दुई छोराहरु १) कर्मा दम्क्षो र २) नाम्दक वाङपो ।
३३- कर्मा दम्क्षो (समोन् दोर्जी)वा (पदम थुप्तोब) का चार छोराहरु १) ज्यमयाङ
दोर्जी, २)तेन्जिङ वाङ्पो, ३)रिगजीन वाङपो र ४) दोर्जी जिगटाल ।
सोलुका लामाहरु यिनै चार भाईहरु बाट फैलिएका सन्तानहरु हुन )
३४- रिगजीन वाङपो को चार छोराहरु १) थुतोव तेन्जीङ, २)टुल्कु कल्जङ क्षोपेल,
३) रिग्जीन थार्के र ४) रिगजीन लोटो ।
३५-रिगजीन लोटो को चार छोराहरु १) कर्मा क्षोतर, २) छेवाङ नाम्ग्याल, ३) सोनाम
फुनछोग र ४) पेमा वाङदेन ।
३६- कर्मा क्षोतर को चार छोराहरु १) कर्मा थोन्डुप, २) रिगजीन फुर्वा, ३)
लामा साङ्गे तेम्पा र ४) रिग्जीन तेम्पा थार्के
३७- लामा साङ्गे तेम्बा
(साङ्गे लामा इस्वीसन १८५६-१९३९) का ४ छोराहरु १) दावा नोर्बु लामा,
२)फिन्जो लामा (सन १८७६-१९११), ३)कर्मा लामा र ४) दावा तेन्जिङ लामा ।
द्रष्टब्य:- साङ्ग्ये लामाका चार छोराहरु बाट फैलिएका सन्तानहरुको बिस्तृत
मेरबपनि उपलब्द छ ।
३) थिमी को मेरब
सलाका, गोपर्मा, खम्बाचे, पाल्दोर्जी, ल्हक्सीन्दो आदिका पुर्खा फक्षेन हुन
।
फक्षेनको छोरा मध्ये एकभाई खुम्बुमानै बसे। अर्को भाई सोलुको सलुङमा बसाईसरी
बसेछन। उनको तीन छोराहरु मा एकजना माथिलो तलामा बसेकोले उसलाई खङबा छे अथवा
खम्बाचे, बीचको तलामा बीचमा ढोका बनाई बस्ने लाई गो फर्मा अर्थात गोपर्मा
र भुइतलामा बस्नेलाई सलखा अर्थात सलाका भन्ने गरिएकोले यी थरहरु सृजनाभएको
किंम्बदन्ती पाइन्छ। कालान्तरमा खम्बाचेका सन्तानहरु फैलिएर रीङमो र थम्सेरे
तिर बसाई सरेछन । गोपर्माका छोराहरु मध्ये कुनै सलुङमानै बसेछन त कुनै कुलुङ
तिर, कुनै ओखलढुङ्गा को तिप्लुङ तिर, कुनै ईलाम, दार्जीलिङ र सिक्कीम सम्म
पुगी बसाई सरेछन। सलुङबाट छुट्टिएका सलाकाका सन्तानहरु बिशेषगरी सोलुकै टाक्सिन्धु
र पङखोम तिरगएर बसाई सरेछन,
(छिरिङ्ग तेन्जिङ शेर्पा बाट सङ्कलित्)
कुलुङ्ग मा बस्ती बसाल्ने क्रममा सोलु को बुङ्ग ,छेस्काम गा बि स हिजोआजमा
पर्ने मा गोपरमाहरु धेरै फैलिएको रहेछन र तेसै क्षेत्रको तल्लो भागमा बस्ने
कुलुङ 'मान्थेलु'थरको राईहरु सँग कुनै कुरामा मन्मटुवा भाई झगडा भाई रहंदा
राई हरुले षड्यन्त्रपूर्वक जालसाजी गरी अयान्दा झगडा नगरौ मितलगाउ भनि दुबै
तर्फबाट जांड रक्सी बनई मित लगाउने निधो भएछ । यसै क्रममा एक ले ल्याएको मादक
पदर्थ आर्काले खाने काम गरेछ र राई हरुले ल्याएको मा अ-खाद्या पदर्थ 'बिष्'
मिसै ल्याएको हुँदा तत्काल धेरै शेर्पा हरुको अकालमा ज्यान गएछन । तेसै समयएमा
मालिङ्गको टुसा टिप्न जान्दा रात पारी बास् परेको एक दो-जिया महिला मात्र
बाँच्न सफल भाको रहेछन र उक्त महिललाइ पनि अनेक यतना दिई त्यहाँ बाट अन्तै
गएर बस्ने भने पछि मात्र राई हरुले छाडी दिएको रहेछन । जुन महिला पूर्वतिर
भागेर गै सङ्खुवा सभा जिल्ला को न्या ख्याम्पालुङ्ग मापुग्नु भएछ र तेहीं
बसोबास् गर्ने निधो गरी पुगेर तेहीं छोरो जन्म दिएछ र तेसै छोरो बाट सात भाई
छोरो जन्मी पूर्व को धेरै जिल्लाहरुमा फैलिएर गएको सबुत प्रमाण सहित को इतिहांस्
रहेछ । त्यसैले हिजोआज गोपरमा हरुको बिहेवारी को बेला शेर्पा परम्परा अनुसार
मोला गर्दा सात भाई गोपरमाको सनतान भनि भनिएको हो ।
। यिनीहरुको पुर्खा पाक्षेनको अर्को छोरा खुम्बुमानै बसेकोले यिनीबाट फैलिएका
सन्तानहरु ल्हक्सिन्धु र पाल्दोर्जी कहलाइए । एउटै पुर्खा फक्षेण बाट फैलिएको
हुनाले यिनीहरु सबै स्वाँगेभाई कहलिएका हुन।
१. जाङपो टशिका ३ छोराहरू -क) ताबदेन -ख) तोबग्याल -ग) लग्जाङ
२. तोबदेनका ३ छोराहरू -क) फक्षेन -ख) फुक्षेन -ग) ज्योमराब
३. फक्षेनका तीन भाई ३ छोराहरू भएको -क) द्वङज्योम -ख) दर्फेन -ग) ग्यालपोन
४. दर्फेनको एक्लो छोरा १ ज्यमयाङ
५. ज्यमयाङका ३ छोराहरू -क) ग्यालजोम -ख) गोम्पा दोर्जे -ग) मेमे छेवङ
६. मेमे छेवङका २ छोराहरू -क) समटुब -ख) पालदेन
७. समटुबका २ छोराहरू -क) जिबपा -ख) सोनम
८. सोनमका ४ छोराहरू -क) समडुग -ख) गोनक्यब -ग) सेनदर -घ) सिनक्यिमा
९. सेनदरका एकलो छोरा क्षेनछेरिङ
१०. क्षेनछेरिङका ३ छोराहङ -क) कोनलेग -ख) टशि -ग) टागपा छेरिङ
११. टागपा छेरिङका तीन छोराहरू -क) करसाङ -ख) रिग्जीन -ग) त्यनपा
१२. करसाङको एक मात्र छोरा टशि
१३. टशिका तीन छोराहरू -क) क्षेदाग -ख) सङ्ग्य -ग) हपु दोगशे
१५. क्षेदागका ५ छोराहरू -क) नोर्बु -ख) कर्म नमग्याल -ग) छेरिङपा -घ) ग्याम
टशि -ङ) ङात्यन्पा
१६. कर्म नमग्यलको एकमात्र छोरा त्यनफुर्पा
१७. त्यनफर्ुपाका दर्ुइ छोराहरू -क) त्यनग्यलछेन र -ख) ल्हग्पा नोर्बु
१८. त्यनग्यल्छेनका ५ छोरा, नाती र पनाती समेत भएका छन् ।
च्हग्पाको थर
यस थरको बारेमा पनि किटान गरी लेखेको श्रोत पाइएको छैन । शर्ेर्पी क्षेज्युङ
-शर्ेपा(वंशाली) मा "खाम च्हागमो टागको स्थानमा च्हाग्पा समटुब दरपो,
उहाँको छोरा च्हाग मिञाग दोङखा रिङमो, यसको पालक्षेन दोर्जे र सङग्य पालज्योर
नामक दर्ुइ छोराहरू भएको, जेठाको शिलनोन दार्जे, थोकर दोनटुब र अकर नामक तीन
छोराहरू भएको, कान्छाको ञदिा दोर्जे र दुज्योम दोर्जे नामक दर्ुइ छोराहरू
भएको वर्ण्र्ााछ । त्यसैगरी "अकर समटुब दरपो र सङग्य पालज्योरहरू शोङरोङ
-सोलु) को ल्हाहुङ भन्ने ठाउँमा, च्हाग खामसुम शिलनोन दोर्जे ब्हेञङि -पेरिङ)
मा र च्हाग थोकर दोनटुब मोपुङमा बसे भनिएको छ । त्यसरी नै "खाममा १८
जात र एउटा निम्न जातको गरी १९ जातिहरू छन् । निम्न जात भनेको फलाम पिट्ने
गरा -कामी) हो" "भनेको छ तर त्यहाँ च्हागपा भनी लेखेको छैन । शर्ेपा
भाषामा "गरा" भनेको कामी हो । च्हाग्पा र गरामा फरक छ । च्हागपा
भनेको सामान्य फलामको काम -व्यापार) गर्ने वा फलामसँग सम्बन्धित मानिसलाई
भन्दछन् । च्हागं-फलाम)पÖच्हागपा -फलामवाला) भन्ने हुन्छ । च्यागपाको उपथर
वा स्वाँगे भाईहरू(ल्हुगपा र नव -नगपो) भएको उल्लेख छ । तथा ग्यापा, लोलेग,
ज्यङरिङमाका थर उपथरहरू एउटै मूलथरबाट बिस्तार भएको स्वाँगे भाई भएको, बाबु
पट्टकिो हाडगोत्र -फ ग्युद वा मग्युद्) पर्ने भएको र एकै थरको सजाति पर्ने
भएको हुँदा आपसमा विहावारी चलाउनु हँुदैन । -हिमालयन महायान देछेन छ्योस्लिङ
गोम्पा धरानका ल्हाग्पा लामाको अनुसार च्हापाहरूको जिग्यू बोन नारो पेनछेन
भएको कुरा उहाँका काँहिला बाजेले बारम्बार बताउने गरेको वृत्तान्त र च्हापाहरू
ठाउँ र्सार्दै पछि गोरखानेमा बस्ने गरेको हो । त्यहाँ भएको च्हापी लाछो नामक
पोखरीको देउतालाई च्हापाहरूले आजसम्म पूजिरहेको कुरा बताउनु हुन्छ ।) यी सजाति
पर्नेहरू एक आपसमा कुटुम्ब चलाउने गरेमा सन्तानमा पिर्ने, सन्तान मासिने,
पातक लाग्ने, चेतनशील मानव जाति भएर पनि मर्ूख पशुको व्यवहार गर्ने भनी लोकले
निन्दा गर्ने छन् । शर्ेपाहरू बौद्ध भएको हुनाले समाजमा प्रचलित लोक व्यवहारहरू
बौद्ध परम्परा अनुकूल हुने गरी गरिन्छ । जस अनुसार बाबु पट्टकिो हाडगोत्र
त नमान्ने कुरा नै भएन । आमापट्टकिो दुधगोत्र पनि सात पुस्ता पर सम्म मान्नु
पर्ने अनिवार्य छ । उदाहरणार्थ हाम्रो हातको कुमदेखि पाखुरा, नाडी र औलाको
टुप्पोसम्म सात ठाउँमा भएको हाड जोडनी -गाँठ) हरू यसैको एक चिन्ह हुन् । त्यसैले
सात पुस्तासम्म दुधगोत्र -श ग्युद् वा मग्युद्Öमातृगोत्र) मान्नु पर्ने आवश्यक
छ भनिएको हो । यो मान्यता धार्मिक र सामाजिक परम्पराको अनुसरण गर्नेहरूका
लागि हुन् । यसको विपरित चल्नेहरूका लागि होइन ।
पुनश्चः
नेपाल जन जीवनमा भएको कुशोवो, याजो, डावा, साङदोर्जे, शागुपा, संखुवा सभा
जिल्ला किमाथाङ्कातिर भएको सालाका उपथर अर्न्तर्गत भनिने म्यानदिङ्ङा -म्यन्देवा
-) रिदच्यु, पन्दच्युहरू गोलेगको स्वाँगे भाइ भनिने लुङबुबा, दोलखा जिल्लामा
भएको पाङगलीमी, क्षुकुल्यमी, रिब्तामी, रिबरमामी, यम्पु शर्ेपा च्हिछोग धरानको
वाषिर्क प्रतिवेदन २०५३र०५४ मा लेखेको पोया, चुकटे र निउ भनिने, आदि इत्यादि
उपथरहरू धेरै छन् । यी उपथरहरूलाई सम्बन्धित थरवालाहरूले सोधपुछ गरी आ(आफ्ना
समूहमा आवद्ध गर्नुपर्छ |
|
|
|