Sherpa Association Japan

本文へジャンプ
Words from president

Dear All Sherpa Brothers and Sisters

देश विदेशमा छरिएर रहेका सम्पूर्ण शेर्पा दाज्यू भाई तथा दिदीबहिनीहरुमा
मेरो टाशीदेले साथै नमस्कार l

आफ्नो जाति भाषा धर्म संस्कृतिको जगेर्ण गर्दै जापानको विभिन्न ठाऊमा छरिएर बसेका शेर्पा दाज्यू भाई तथा दिदीबहिनीहरुलाई एकबध्य पारेर अगाडी बड़ने वचन ब्याक्त गर्न चाहन्छु l
साथै शेर्पा संघ जापानमा हालसम्म भए गरेको गल्तीलाई महशुस गरि अब आउने भावि दिनहरुलाई मध्य नजर राख्दै शेर्पा संघ जापानलाई अगाडि बढाउने छू l यहाँ रहेका सम्पूर्ण शेर्पा परिवारहरुमा कुनै किसिमका वाधा अर्चना भई परिआएको खण्डमा समस्याको समाधान गर्दै जाने विचार ब्याक्त गर्दछौ l साथै हामी शेर्पाहरु देश विदेशमा छरिएर बसेता पनि हाम्रो जाति भाषा धर्म संस्कृतिको जगेर्णको निमित्त हाम्रो महासंघ काठमांडौले सरकारसंग के कस्तो पहल गरिराख्नु भएको छ, त्यसको लागि हामीले के कस्तो पहल गर्ने त्यस सम्बन्धी महासंघसंग सोधपुछ गरि आफ्नो कार्यक्रम के कसरी हुन्छ अगड़ी वडाउने विचार ब्याक्त गर्दछु l
साथै शेर्पा संघ जापानको नयाँ कार्यसमितिहरुलाई शुभकमाना पठाई हौसला तथा सहयोग गरिदिनु भएकोमा देश विदेशमा स्थापित विभिन्न शेर्पा संघहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु l र अब आउने भावि दिनहरुमा पनि सम्पूर्ण संघ संस्थाहरुबाट सरसल्लाह र सहयोगको प्रतिज्ञा गर्दै शेर्पा संघ जापानले पनि उत्तिकै पहल गर्ने विचार ब्यक्त गर्दछु l साथै शेर्पा संघ जापानको जारोलाई अज्ज बड़ी बालियों बनाउनको निमित्त आवश्यक मर मसालाहरु थप्दै जाने विषयमा पनि जोड़ दिदै जाने छू l
धन्यवाद

अदक्ष्य
पासांग शेर्पा
भोजपुर
हाल जापान
आईची केन्