Sherpa Association Japan 本文へジャンプ
THIRD ANNUAL GENERAL MEETING OF SHERPA ASSOCIASION JAPAN CONCLUDED


रमेश श्रेष्ठ
09/7/19
आईची केन, जापान

हिजो जुलाई महिनाको १९ तारिख जापान स्थित शेर्पा संघ जापानको तेस्रौ साधारण सभा मिए केनको सुजुका कल्चर सेण्टरको हलमा भब्यताका साथ सम्पन्न भएको थियो l उक्त सभामा मिए केन तथा मिए केन आसपासका अन्य केनहरुबाट आउनु भएका संघका सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो l
संघका बर्तमान अध्यक्ष श्री जिग्मे शेर्पा ज्यूको सभापतित्वमा भएको सभाको पहिलो चरणमा बन्द सत्र कार्यक्रम रहेको थियो l कार्यक्रमको सुरुमा उपाध्यक्ष श्री कर्सांग शेर्पाज्यूले स्वागत मन्तब्य दिनु भएको थियो l संघका सदस्य श्री दोर्जी शेर्पा ज्यूले विशेष अतिथिको आसन ग्रहण गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिब श्री संग्या शेर्पाज्यूले गर्नु भएको थियो l
बन्द सत्रको पहिलो चरणमा संघका महासचिब श्री सांग्य शेर्पा ज्यूले बिगत २००७ देखि २००९ सम्म संघले गरिएको कार्य विबरण प्रस्तुत गर्नु भएको थियो l
त्यस्तैगरि कोषध्यक्षको विशेष कारणवश अनुपस्थिति रहेको हुनाले संघको वार्षिक आर्थिक प्रतिवेदन संघको अध्यक्ष श्री जिग्मे शेर्पाले प्रस्तुत गर्नु भएको थियो l सो प्रतिवेदन साधारण छलफल पछि सर्वसम्मतिबाट पारित गरियो l

पहिलो चरणको अन्त्यमा सभापति श्री जिग्मे शेर्पा ज्यूले आफ्नो मन्तब्य सहित हालको कार्यसमिति विघटन भएको औपचारिक घोषणा गर्नु भएको थियो l मन्तब्यको क्रममा श्री शेर्पाज्यूले हालसम्म कार्य सम्पादन गर्न महत्वपूर्ण सहयोग पु-र्याउन भएका निर्वतमान कार्यसमितिलाई धन्यवाद दिनु भएको थियो l साथै आफ्नो कार्यकालमा कमी कमजोरी भएका अथवा विविध कारणवश संघले आँटेका कार्यहरू सम्पादन गर्न नसकेकोमा क्षमायाचना गर्नु भएको थियो l साथै उहाँले अब गठित नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिँदै नयाँ कार्यसमितिको पूर्ण सफलताको कामना गर्नुको साथै नयाँ कार्यसमितिले सञ्चालन गर्ने हर कार्यमा उहाँले आफ्नो ब्यक्तिगत तर्फ़बाट हरसम्भव सहयोग गर्ने वचनवद्ध जाहेर गर्नु भएको थियो l
दोस्रो चरणको कार्यक्रम खुल्ला सत्रमा नयाँ कार्यसमितिको चयन गरिएको थियो lचयन प्रक्रिया अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा सबै पदहरूमा सर्वसम्मतिको आधारमा चयन गरियो l सर्वसम्मतिमा चयन गरिएको नयाँ कार्यसमिति यस प्रकार छ l

अध्यक्ष : श्री पासाङ शेर्पा (भोजपुर जिल्ला)
उपअध्यक्ष : श्री सोनम शेर्पा (सोलुखुम्बू लोदिंग)
उपअध्यक्ष : श्री पासी शेर्पा (बौद्ध काठमांडू)
महासचिब : श्री सांग्य शेर्पा (हेलम्बु)
सचिव : श्री पेम्बा शेर्पा (ओखलदुंगा)
कोषअध्यक्ष : श्री कुसंग शेर्पा (संखुवासभा)
सह-कोषअध्यक्ष : श्री सोनम शेर्पा (सोलुखुम्बू सल्लेरी)
सक्रिय सदस्य : श्री छेपाल दोर्जी शेर्पा (सोलुखुम्बू भाकन्जे)
सक्रिय सदस्य : श्री पेम्बा शेर्पा (ओखलदुंगा)
सक्रिय सदस्य : श्री मिङमार शेर्पा (सोलुखुम्बू भाकन्जे)
सक्रिय सदस्य : श्री सोनम शेर्पा (सोलुखुम्बू लुक्ला)
सक्रिय सदस्य : श्री ल्हक्पा तेन्जी शेर्पा (सोलुखुम्बू)
सक्रिय सदस्य : श्री ङवाङ शेर्पा (सोलूखुम्बू, सानाम)
सक्रिय सदस्य : श्री मिङमा शेर्पा (सोलूखुम्बू)
सक्रिय सदस्य : श्री छाप्तेन शेर्पा (सोलूखुम्बू, भाकन्जे)

सल्लाहकार : श्री जिग्मे शेर्पा (सोलुखुम्बू ताप्टिंग)
सल्लाहकार : श्री कर्संग शेर्पा (रामेछाप जिल्ला)
सल्लाहकार : श्री फुर्ब शेर्पा (हेलम्बु)
सल्लाहकार : श्री साम्देंन शेर्पा (सोलूखुम्बू, भाकन्जे)

कार्यक्रमको अन्तमा नवनियुक्त अध्यक्ष श्री पासाङ शेर्पाज्यूले धन्यवाद मन्तब्य दिनुभयो l मन्तब्यमा श्री पासाङ शेर्पाज्यूले आफुलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा निर्वाचित गरिएकोमा संघका सम्पूर्ण सदस्यहरुलाई कृतज्ञता ब्यक्त गर्दै आफु तथा आफ्नो कार्यदलले जापानमा छरिएर रहेका सम्पूर्ण शेर्पाहरुको हक़हित, अधिकार र कल्याणको लागि यथाशक्य प्रयास गर्ने वचनवद्धता ब्यक्त गर्नु भयो l
イメージ