Sherpa Association Japan 本文へジャンプ
शेर्पा संघ जापानको अयोज़नामा ल्होसार कार्यक्रम सम्पन्न


बिहान सबेरै पुर्वबाट रातो भकुन्ड जस्तो बलले टाडा समुन्द्र माथिबाट धेरै दिन पछि आफ्नो न्यनो प्रताब सम्पूर्ण जापान भर फिंजाई रहेका थिए लाग्दाथियोकी प्रकृतिले संसार भर फैलिएर रहेका सम्पूर्ण शेर्पाहरुलाई आफ्नो महान चाड ल्होसारको उपलक्ष्यमा न्यनो शुभ कामान दिईरहेको यसै शुभ कामानलाई आफ्नो मन भित्र न्यनै रुपमा अँगाल्दै कोही आफ्नो रोजगार तर्फ (काम छिट्टै सकाएर आउछु हजूर), कोही आजको मुख्य कार्यक्रमको तमतयारी तर्फ ब्यस्त हुदै थिए समय धमाधम अगाडि बढिरहेको थियो यसले शेर्पा संघ जापानका कार्यकर्ताहरुलाई अहिले नै  कार्यक्रम सञ्चालन गर्नु भनि घच्याटी रहेको जस्तो भान हुन्थ्यो

ठीक बजे शेर्पा संघ जापानका उप अध्यक्ष कर्संग शेर्पा ज्यूँले माइकलाई आफ्नो हातमा लिई उपस्थित हुनु भएका सम्पूर्ण पहुना महानुभावहरुलाई २१३६ लांग ल्हो ल्होसारको शुभ कामान दिदै कार्यक्रम संचालान गर्ने अनुमति लिनु भएका थिए कार्यक्रमलाई अगाड़ि बढाउने क्रममा उपस्थित हुनुभएका बिभिन्न जातिया संस्थाका कार्यवाहक ज्यूँहरुलाई अथितिको आशन ग्रहण गराऊनु भएको थियो कार्यक्रममा प्रमुख अथिति आदिवासी जनाजाती संघ जापानका अध्यक्ष ज्ञान पुन, त्यस्तै गरि अथितिमा मगर सेवा समितिका अध्यक्ष सोम पुन, तमुधि नागोया जापानका अध्यक्ष ओम गुरूंग, तामांग मैत्री संघ जापानका अध्यक्ष सोम तामांग, थाकाली सेवा समितिका अध्यक्ष सन्देश सेर्चन, लाली गुराँस परिवारका अध्यक्ष कमल पुन रहनु भएको थियो कार्यक्रमको सुरुवात शेर्पा संघ जापानका सल्लाहकार श्रीमति छोटिन शेर्पा ज्यूँको स्वागत भाषणबाट भएको थियो उहाले संपूर्ण पहुना महानुभावहरुलाई शेर्पा जातिको महान चाड ल्होसारको कार्यक्रम स्थलसम्म आफ्नो दिनभरिको थकाईलाई बिर्सी पाईला सारी दिनु भएकोमा धन्यवाद को साथै हार्दिक स्वागत ब्यक्त गर्नु भएको थियो त्यसै गरि आदिवासी जनाजाती संघ जापानका अध्यक्ष ज्ञान पुन ज्यूँले शेर्पा जातिको महान चाड ल्होसारलाई सरकारले मान्यता दसै जस्तै गरि देश ब्यापी रुपमा बिदा पाउनु पर्ने बिषयमा ठुलो आवाज उठाउनु भएको थियो त्यस्तै गरि कार्यक्रमलाई बिसर्जन गराऊदै शेर्पा संघ जापानका अध्यक्ष यस कार्यक्रमका सभापति जिग्मे शेर्पा ज्यूँले आफ्नो धर्म, संस्कृति, रितिरिवाज आफ्नो भाषालाई आफू जहा रहे पनि जीवित राख्न सक्नु पर्छ अनि मात्र हामीले आफ्नो धर्म, संस्कृति, रितिरिवाज आफ्नो भाषालाई बचाऊन सकिन्छ भन्ने बारे जोड़ दिनु भएको थियो यसको साथै पहिलो चरणको कार्यक्रम समप्त गरि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम शेर्पा संघ जापानका महासचिब सांग्य शेर्पा ज्युले गर्नु भएको थियो सांस्कृतिक कार्यक्रममा शेर्पा जातिको प्रख्यत नाच श्योब्रू, नादिंग, नेपाली नाच लाली गुराँस परिवारका तर्फबाट लोक गीत सारंगीका सुमुधुर लोक धुनहरू प्रस्तुत गर्नु भएको थियो   तेस्रो चरणको कार्यक्रममा बिंगो खेल राखिएको थियो यसबाट उपस्थित पहुना महानुभावहरुले निकै मनोरंजन लिनु भएको थियो यस पछि बिहान बजे सम्म ग्रुपिंग डान्स का साथै बियार विस्कीको चुस्कीको साथमा खाप्से चपाउदै जापानको नागोया क्षेत्रका शेर्पा दाज्यू भाई तथा दिदी बहिनीहरुले गएको बर्षलाई बाई बाई गर्दै यस बर्षलाई आमंत्रण गरिएको थियो

टासीदिले   

संग्या शेर्पा

कर्संग शेर्पा

जिग्मे शेर्पा