Sherpa Association Japan 本文へジャンプ
शेर्पाहरुको बंसावली


शेर्पाहरु सोलुखुम्बु, ओखल्ढुङगा, खोटाङ, भोज्पुर, संखुवासभा, ताप्लेजुङ, इलाम, रसुवा,दोलखा, सिन्धुपाल्चोक आदि
जिल्लाको उत्तरि भूभागमा बसोबास गर्ने नेपालको आदिबासी जनजातिहरु मध्येका एक जातिहुन। शेर्पाका पुर्खाहरु
पूर्वी तिब्बतका खाम प्रान्तको सल्मोगाङ (हालको दिर्के भन्ने ठाउँ) बाट सन १४८० बाट बसाई सर्दै बिश्वको
सबभन्दा अग्लो हिमाल छ्यमोलोङमा (सगरमाथा) तथा महालङगुर हिमश्रीङखलाको फेदीमा आई मानव बस्ती
बसालेको र सन १५३० तिर शेर्पाका पुर्खाहरु थिम्मी थरका फाछेन, मिन्यक्पा थरका ठाग्पा र सेर्वलामा थरका
श्येर्वा टुङग्याल आदि अआफ्नोपरिवार सहीत जम्मा ६० जनाको डप्फा लिएर नङपाला (महालंगुर हिमाल) पारगरि
खुम्बु क्षेत्रमा पहिलो पटकपदार्पण गरेको तथ्य शेर्पाहरु सम्बन्धि बिभीन्न मानवशाश्त्री तथा सोधकर्ताहरुले
लेखेको लेखहरु बाट प्रष्ट हुन्छ। यिनै ३ जनाका सन्तानहरु सन १५३७ तिर खुम्बु बाट (स्योरोङ) सोलु तिर
बसाई सरेको बर्णन पाईन्छ।
नेपालको बिभीन्न जिल्लाहरु र भारतको पश्चीम बङगाल, आसाम र सिक्कीम प्रान्त, भुटान तथा
समुद्रपारकामुलुकहरु समेतमा छरिएर रहेका सम्पूर्ण शेर्पा समुदाय मुख्यत: पाँच थरहरु र ति थरहरु अन्तरगत
१५ वटाउपथरहरुमा बिभाजीत भएको पाईन्छ। कालान्तारमा थिमि मुलथरका फाचेन का सन्तानहरु सलाका,
खम्बाचे,गोपर्मा र पाल्दोरजि र ल्हकसीन्धु आदि उपथरमा, मिङ्यक्पा मुलथरका ठाग्पाका सन्तान हरु ठाक्तोवा,
गर्जा,गोले, सिरे, फिनासा, युल्खोङमा र पाङकर्मा आदि उपथरमा र स्येर्वालामा टुङ्ग्यालका सन्तान हरु लामा
थरमाबिभाजीत भएको देखिन्छ। हिमाल पारीबाट रोल्वालीङ उपत्यकामा १६वौं शदितिर प्रवेश गरेका च्हग्पाको
सनतानहरु हालका च्यावा थरका शेर्पाहरु कहलाईए। त्यसैगरि तिब्बतको पेनाक भन्ने ठाउंबाट सत्रौं शताबदीको
सुरुतिर खुम्बुमा प्रवेश गरि पाङबोचेमा बसेका छ्योयीन राङडोलका सन्तान हरुलाई पेनाकपा भनिएका हुन।
शेर्पाका पुर्खाहरु थिमि, मिङ्यक्पा र सेर्वलामा मध्ये कसैकसैले आफ्नो बंसावली बनाई राखेको पाईएतापनि
बहुसंख्यक शेर्पाहरुमा बंसावली (मेरब) लेखिराखने चलन पाईदैन। यस कमिलाई पुरागर्न सबे शेर्पाहरुले अआफ्नो
बंशावलि लेखि राखनु जरुरी भएको छ। शेर्पाहरुको बिबाह हुदा दुलहा र दुलहीको तिनपुस्ते, पुर्खाहरुको थर र उपथर
सहीतकोबिबरण भन्ने चलन छ यसलाई (मोला) भनिन्छ। शेर्पा समुदायमा एकै मुलथर अन्तरगतका उपथर भएकाहरु
आपसमा स्वाँगेभाई पर्ने भएकोले यिनीहरु बिच बिहेबारी गर्नु हुदैन। तसर्थ संसारभरि छरिएर रहेका शेर्पाहरुको मुलथर
तथाउपथरहरुको जानकारी सकभर सबै शेर्पाहरुले जान्न सकियोस भन्ने अभिप्रायले यो शेर्पाहरुको बंसावली लेखने प्रयाश गरिएकोछ